Ad Image

काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743125446.jpg

काठमाडौं । काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चाले छुट्टाछुट्टै स्थानमा एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुवेदीको नेतृत्वमा बनेको राजावादीको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

 

सुवेदी नेतृत्वको समितिले दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमान्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको छ भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँबाट प्रदर्शन गर्दैछन् । राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्नेछन् भने समाजवादी मोर्चाले भने भृकुटीमण्डपमा प्रदर्शन गर्नेछन् ।  
 
राजावादी र समाजवादीको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौंमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा ३५ सय प्रहरी परिचालन हुँदैछ । सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने उपत्यका प्रहरी कार्यालयले जनाएको छ । साथै,  प्रदर्शन स्थलमा भने परिसरका एसपी अपिल बोहराले खटाउने गरी सुरक्षा व्यवस्था गरिएको छ ।