Ad Image

मन्त्रालयलाई बालेनको जवाफः गुरागाइँलाई हाजिर गराउन मिल्दैन, निमित्तलाई आर्थिक अधिकार तोकिदिनु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741258951.jpg

काठमाडौँ । काठमाडौँ महानगरपाकिलाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई हाजिर गराउन नसक्ने भन्दै अर्कैलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेका छन् ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई हाजिर गराउन सहजीकरण गर्न भन्दै पत्र पठाएकै दिन बालेनले उनलाई हाजिर गराउन नसक्ने निर्णय गर्दै कर्मचारीमार्फत अर्को व्यक्तिलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्न अनुरोध सहित मन्त्रालयमा पत्राचार गरेका छन् ।


यसरी निमित्त तोक्दा आर्थिक अधिकार समेत दिन उनले भनेका छन् । बालेनको निर्णयबारे जानकारी गराउन मन्त्रालयलाइृ पत्र लेख्दै महानगरकी बरिष्ठ शाखा अधिकृत शान्ता पहाडीले काठमाडौँँ टावरको नक्सापासमा गुरागाईँको निर्णयमा मेयरले चित्त नबुझाएका कारण काममा लगाउन नसकिने निर्णय भएको उल्लेख गरेकी छन् ।