कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेको आरोपमा ७ जना पक्राउ


काठमाडौं । राजावादी समूहको आन्दोलनमा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट विदुर गाउँपालिका– ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्की रहेका छन् ।
यसैगरी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीका १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका– १६ १७ वर्षीया सुस्मिता बराललगायत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कोटेश्वर नरेफाँटबाट पक्राउ गरिएको र हाल प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । शुक्रबार भएको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको थियो ।