Ad Image

पूर्व राजाको सुरक्षाकर्मीको टिम नै परिवर्तन, संख्या पनि घटाइयो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743267027.jpg

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) को टिम नै परिवर्तन गरेको छ ।  डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।

 

यसअघि पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा एपीएफको २५ जनाको टोली खटिँदै आएको थियो।  उक्त संख्या घटाएर अहिले १६ जनाको टोली मात्र पठाएको छ। ​​​​​​​भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ। तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए। अब भने नीति अनुसारै १६ जना खटाइएको स्रोतले जनाएको छ।