Ad Image

साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741315547.jpg

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षका आकाश र २१ वर्षकै सुमन रहेका छन् भने अर्का ४५ वर्षका हरिजन रहेका छन् ।

 

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको प्रहरीले जानकारी दिएको छ ।

 

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ । ​​​​​​​द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ ।