Ad Image

भोजपुर टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित तथा श्रमिक महिला सम्मानित

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741503428.jpg

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, श्रमिक तथा विपन्न महिलालाई सम्मानसँगै आवश्यक सहयोग गरिएको छ । एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा गाउँपालिकाले नौवटै वडाका महिलालाई सम्मानसहित सहयोग गरेको हो ।


गाउँपालिकाभित्रका सबै वडालाई समेटेर समाजमा सङ्र्घष गरिरहेका एकल, दलित, विपन्न महिलालाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मानसहित सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।


“दिवसका अवसरमा पालिकाले बर्सेनि विभिन्न रचनात्मक काम गर्दै आएको छ”, उनले भनिन्, “यो वर्ष समस्यामा रहेका महिलालाई सम्मानसहित दैनिक आवश्यक पर्ने सामग्री सहयोग गरेका हौँ ।”