कास्की केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प


काठमाडौं । कास्कीको थुमाको डाँडा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार बिहान ४ बजेर ११ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस अघि फागुन २४ गते बाग्लुङ केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।