ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आजबाट खुला


काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ आज मंगलबारदेखि सर्वसाधारणको लागि बिक्री खुला भएको छ । यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि १ लाख ८० हंजार कित्ता आईपीओ बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आईपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यो सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो ।