Ad Image

युक्रेन ३० दिन अस्थायी युद्धविरामका लागि तयार, अमेरिकाले पनि सहयोग नरोक्ने

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741743523.jpg

साउदी । युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ। मंगलबार साउदी अरेबियाको जेद्दामा अमेरिकी प्रतिनिधिमण्डलबीचसँग भएको उच्चस्तरीय वार्तामा युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो । 

 

वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ।

 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन्। अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउमसा आमन्त्रण गर्न तयार रहेको बताएका छन् ।  

 

सो वार्तापछि जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा तीन कुरा प्रमुख छन्। आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ तथा अपहरण गरिएका युक्रेनका बालकको रिहाइ पहिलो चरणमा युक्रेनले राखेको शर्त हो। पहिलो चरणमा ३० दिनको युद्ध विराम भएमा अर्को चरणका लागि समेत तयार भएको उनले बताएका छन् ।

 

वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए।