Ad Image

आज नेपालले नामिबियासँग खेल्दै

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741746225.jpg

काठमाडौं ।  जारी चार देशीय सिरिज अन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ ।  नेपाली समय अनुसार यो खेल दिउँसो १२ः ४५ बजेदेखि सुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार व्यहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार व्यहोरेको थियो भने आयोजक युगान्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार व्यहोरेको छ ।

 

नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।