Ad Image

प्रचण्डको फोटो जलाउने राप्रपा नेता निराजन बम छुटे

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742136865.jpg

हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संगठनका सदस्य सचिव निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज साँझ रिहा गरेको हो । बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।