Ad Image

सुन्दरबजार नगरपालिकाले पायो अस्पताल बनाउन १५ रोपनी बढी जग्गा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743524164.jpeg

काठमाडौं । सरकारले लमजुङको सुन्दरबजार नगरपालिकालाई अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने भएको छ ।

 

यही चैत १८ को मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नाममा रहेको लमजुङको साविक सुन्दरबजार गाविस वडा नं ९ को १५ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सुन्दरबजार अस्पतालको भवनलगायत भौतिक संरचना निर्माण गर्न नगरपालिकालाई उपयोग गर्न स्वीकृति गरेको हो । 

 

मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् । जग्गा उपलब्ध भएसँगै अब सुन्दरबजार अस्पतालको निर्माण कार्य अगाडि बढ्नेछ ।