Ad Image

पत्रकार रजकको 'एक्स–रे'मा गोली लागेको भेटिएन, भोलि पोस्टमार्टम

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743525834.jpg

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको एक्स–रे गरिएको छ । शरीरको पोर्टेबल एक्स–रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स–रे गरिएको हो । उनको त्रिवि शिक्षण अस्पतालमा एक्स–रे गरिएको हो । 
 

एक्स–रेमा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स–रे गर्नुपर्ने अडान राखेका थिए । उनको शवको भोलि (बुधबार) बिहान १० बजेबाट पोस्टमार्टमा थालिने एक चिकित्सले जानकारी दिए ।

 

रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।