Ad Image

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743767496.jpg

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक गरेका छन् । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका हुन् ।

 

आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ।”

 

उनले आफू यसको पहिलो खरिदकर्ता हुनु धेरै रोमाञ्चक कुरा भएको बताएका छन् । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए ।

 

आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकाला गर्न प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताए।