Ad Image

कनकाई नगरपालिकाले जित्यो भोजपुर मेयरकप महिला फुटबलको उपाधि

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743773422.jpg

भोजपुर । जिल्ला सदरमुकाममा जारी सातौं संस्करणको मेयरकप महिला फुटबल प्रतियोगिताको उपाधि झापाको कनकाई नगरपालिकाले जितेको छ । भोजपुर नगरपालिका–१० लाई २–१ गोलले हराउँदै कनकाईले उपाधि हासिल गरेको हो ।

 

कनकाईका लागि मनिता तुमरुक र वर्षा मगरले एक–एक गोल गरेका हुन् । उपविजेता बनेको भोजपुरले एक गोलमा चित्त बुझायो । भोजपुरका लागि साहरा लिम्बूले एक गोल गरिन् । प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद रु एक लाख पाँच हजार ५५५ र रु ५१ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

 

विधागततर्फ पनि खेलाडीलाई पुरस्कार वितरण गरिएको आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जनाएका छन् । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको रु पाँच लाख प्रायोजनमा यही चैत २० गतेदेखि सुरु भएको प्रतियोगितामा धनकुटा नगरपालिका, भोजपुरको भोजपुरा–१० भैसीपङ्खा, खाँदबारी नगरपालिका र टेम्केमैयुङ गाउँपालिका, कनकाई नगरपालिका (झापा) र मोर्डन इरा विराटनगरको सहभागिता थियो ।