रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश


काठमाडौं । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।
जिल्ला अदालतले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रविलाई १ करोड धरौटीमा छाडेको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो । उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए ।