Ad Image

ममाथि ठूलो अन्याय भएको छ, अहिले नै गिरफ्तारी दिँदैछु : रवि लामिछाने

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1743781294.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रहरी समक्ष आफैँ गिरफ्तारी दिने भएका छन् । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनले आफैँ प्रहरी समक्ष गिरफ्तारी दिने बताएका हुन् ।

 

'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै, न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ। चितवनको सभा नरोक्नुस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।