Ad Image

मुख्यमन्त्री पाण्डेको चेतावनी, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध जानेलाई कारबाही हुन्छ’

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744446830.jpg

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जनताको चाहनाअनुरुप स्थापना भएको भन्दै यसविरुद्ध जाने जो कोही सजायको भागीदार हुने बताएका छन् ।

 

व्यास नगरपालिकाको आज दमौलीमा आयोजित ३३औँ स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लामो सङ्घर्ष र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

 

मुख्यमन्त्री पाण्डेले राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प नभएको बताए।

 

उनले तीनवटै तहका सरकारको सहकार्यमा देश विकास सम्भव भएको दाबी गरेका छन्। 
कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलगायत वक्ताले स्थानीय सरकारले जनताको भावनाअनुसार काम गर्नुपर्ने सुझाव दिएका छन् ।