प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न प्रधान कार्यालयको निर्देशन


काठमाडौं। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ । बिहीबार प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सबै प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ ।
प्रधान कार्यालयको उक्त निर्देशन अर्को आदेश नभएसम्म कायम रहने छ । प्रधान कार्यालयबाट जारी सर्कुलरमा कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न भनिएको छ । आन्दोलन लगायतका परिस्थितिलाई मध्यनजर राखेर राजीनामा स्वीकृत नगर्न भनिएको प्रधान कार्यालयले जनाएको छ