वीरगञ्ज तनावग्रस्त, कर्फ्यु आदेश जारी


पर्सा । पर्साको वीरगञ्जमा कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको हो ।
शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।
