Ad Image

वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएका न्यायाधीश भुवन गिरी कारागारमुक्त

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744615041.jpg

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् । जिल्ला अदालतबाट दोषी ठहर भएका गिरीले आइतबार उच्च अदालत पाटनबाट सफाइ पाएका हुन् ।

 

सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी सोमबार बिहान १० बजे डिल्लीबजार कारागारबाट छुटेका छन् ।

 

गिरीलाई उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठले सफाइ दिएका हुन्। यसअघि २०८१ जेठमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले उनलाई दोषी ठहर गरेको थियो ।

 

पत्नीले वैवाहिक बलात्कारको जाहेरी दिएपछि न्याय परिषद्ले गरीलाई निलम्बन गरेको थियो ।