काठमाडौंबाट गोरखा जाँदै गरेको मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका भीमसेनथापा गाउँपालिका–६ अश्राङका २४ वर्षीय केशव पाण्डेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सरोज पाण्डेले जानकारी दिए ।
गोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रवीन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं वीरअस्पतालमा पठाइएको छ।