Ad Image

सुनसरीमा २१ वर्षीय युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744644309.jpg

सुनसरी ।  सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ । सोमबार साँझ सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा  स्थानीय कामेश्वर यादवले प्रहार गरेको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता रहेका छन् । उनको अवस्था गम्भीर छ । उनलाई कम्मरदेखि मुनी गोली लागेको छ । 

 

गम्भीर अवस्थाका मेहताको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते हुनेमा पिन्टु मेहता रहेका छन् । मेहताको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहारपछि फरार रहेका कामेश्वरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।