सर्वोच्चले माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउनुको कारण


काठमाडौं। सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुरसंग पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण मागेको छ । सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको नाममा आदेश जारी गर्दै जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत साता बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।
जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको छ।