Ad Image

त्रिविको उपकुलपतिको जिम्मेवारी प्रा.डा केसीलाई

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744715326.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई दिइएको छ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोकेका हुन् ।

 

उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई उक्त जिम्मेवारी तोकिएको हो ।

 

विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।