Ad Image

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744719587.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १७ गते बस्ने भएको छ ।

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।