Ad Image

रातमा भुलेर पनि नखानुहोस् यी तीन चीज !

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745039144.jpg

काठमाडौं । खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाइलाई थाहा छ कि स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ ।

 

सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि शरीरलाई फाइदा हुँदैन । यसको विपरीत, गलत समयमा खाएको स्वस्थ चीजहरू पनि कहिलेकाहीँ हानिकारक हुन सक्छ। यस्तै सवालमा पोषणविद्हरूले यस्ता ३ कुराको बारेमा बताएका छन, जसलाई सामान्यतया स्वस्थ्य मानिन्छ तर राती भने खानु हुँदैन । उनीहरूका अनुसार कम्तीमा रातीमा यी ३ चिज खानु हुँदैन ।

 

सलाद

पोषणबिदहरू भन्छन, ‘आज धेरैजसो पश्चिमी संस्कृतिबाट प्रभावित भएकाले बेलुकाको खानामा सलाद खान रुचाउँछन् । सलाद स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर रातिको समयमा यसलाई खानु हुँदैन । पोषणविद्हरूका अनुसार काँचो तरकारी पचाउन धेरै समय लाग्छ, त्यसैले राती खाँदा ग्यास र अपचजस्ता समस्या हुन सक्छ।

 

फलफूल 
फलफूल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, पोषणविद्हरूले राति कुनै पनि फलफूल नखान सल्लाह दिन्छन् । फलफूलमा सक्रिय इन्जाइमहरू हुन्छन्, जसले शरीरमा ऊर्जाको स्तर बढाउँछ। यद्यपि, तपाईंलाई रातमा यो ऊर्जा चाहिँदैन। यसका साथै फलफूलमा पाइने प्राकृतिक चिनी रातिको समयमा पनि हानिकारक हुन सक्छ । यस्तो अवस्थामा साँझ ५ बजेपछि फलफूल नखान पोषणविद्हरूले सल्लाह दिन्छन् ।

 

स्टार्चयुक्त खानाहरू 
यी सबै बाहेक पोषणविद्हरूले रातीमा स्टार्चयुक्त खानेकुरा नखान सल्लाह दिन्छन्। फलफूल र सलाद बाहेक स्टार्चले भरपूर खानेकुरा स्वास्थ्यका लागि अस्वास्थ्यकर मानिन्छ । त्यसैगरी, यी चिजहरु राति खाँदा तपाइलाई थप हानि पु¥याउन सक्छ ।

 

त्यसो भए बेलुकाको खाना के कसरी खाने त ?
यी चीजहरू बाहेक पोषण विशेषज्ञहरूले रातको खाना धेरै हल्का खानपिनको सल्लाह दिन्छन् । यसका लागि डिनरमा विभिन्न दानाबाट बनेको खिचडी खान सकिन्छ ।