कश्मीरमा मारिएका सुदीपको शव घर ल्याइयो, आजै अन्त्येष्टि गरिने


रुपन्देही । भारतको जम्मू–काश्मिरको पाहलगममा मंगलबार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव आज बिहान बुटवलस्थित घरमा ल्याइएको छ । भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै शव ल्याइएको हो ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका न्यौपानेको मंगलबार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।
अहिले सुदीपको घर बुटवल कालिकानगरस्थित मनकामनापथमा शोकाकुल अवस्थामा उनका आफन्त र स्थानीयको भिड लागेको छ। परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै त्रिवेणीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।