हरिनास गाउँपालिकाले शिक्षकहरुलाई पढाइ भएको दिनको मात्र तलब दिने


काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने भएको छ । बुधबार सबै विद्यालयहरूलाई पत्राचार गर्दै गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने जानकारी गराएका हुन् ।
‘‘हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने सम्पूर्णमा अनुरोध छ,’ पत्रमा उल्लेख छ ।