Ad Image

सरकार र शिक्षक वार्ता : ठोस सहमति भएन, छलफललाई निरन्तरता दिने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745641932.jpg

काठमाडौं । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । आज शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएका हो । यद्यपी छलफल र सम्वादलाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

 

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने,‘ छलफललाई निरन्तरता दिने कुरा भयो । दुई पक्षीय सहमतिमा फेरि बस्ने र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । अर्को बैठक कहिले बस्ने टुंगो भएको छैन ।’

 

वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफ्नो अडानबाट पछि नहट्ने बताएका थिए । त्यसपछि वार्तामा ठोस सहमति हुन नसकेको एक शिक्षक नेताले बताए ।शिक्षकहरुले शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।