Ad Image

गीत चोरीको आरोपमा संगीतकार एआर रहमानलाई २ करोड जरिवाना

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of storage/news/1745663295.jpg

एजेन्सी । गीत चोरीको आरोपमा दिल्ली उच्च अदालतले संगीतकार एआर रहमानलाई २ करोड भारतीय रुपैयाँ जरिवाना तोकेको छ ।

 

उच्च अदालतले ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ को वीर राजा वीर गीत प्रसिद्ध शास्त्रीय गायक उस्ताद फैयाजुद्दीन र वासिफुद्दीन डागरका बुबा र काकाले रचेको ‘शिव स्तुति’ बाट चोरिएको ठहर गरेको हो । अदालतले जरिवानाको रकम अदालतको रजिस्ट्रारको कार्यालयमा जम्मा गर्न पनि निर्देशन दिएको छ।

 

सन् २०२३ मा पद्मश्रीबाट सम्मानित भारतीय शास्त्रीय गायक फैयाज वासिफुद्दीन डागरले दिल्ली उच्च अदालतमा निवेदन दायर गरेका थिए। यसमा उनले फिल्म ‘पोन्नियिन सेल्वन २’ को ‘वीर राजा वीर’ गीत उनका बुबा नासिर फय्याजुद्दीन डागर र काका जहीरुद्दीन डागरले रचेको ‘शिव स्तुति’ को नक्कल भएको आरोप लगाएका थिए।


डागरले आफ्नो निवेदनमा ए.आर.रहमानले निर्माण कम्पनी मद्रास टकीज र सम्बन्धित अन्य विरुद्ध गीतको प्रयोगमा प्रतिबन्ध लगाउन माग गगरेका थिए ।