Ad Image

तमोर नदीमा बगेर एक बेपत्ता

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745681439.jpg

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए । उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ ।