Ad Image

जंगलमा लागेको डढेलोले भेट्दा नवदुर्गा गाउँपालिकामा आगलागी

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745682669.jpg

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा आगलागी भएको छ ।  जङ्गलबाट फैलिएको आगोले स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखापरीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले जानकारी दिए । 

 

आज दिउँसो आगलागी हुँदा प्रिप्याफ भवन र भवनमा रहेका  महत्वपूर्ण कागजात जलेर नष्ट भएका उनले बताए । जङ्गल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको र स्थानीयवासी, नेपाली सेना र प्रहरी संयुक्त रूपमा आगो निभाउने प्रयासमा जुटिरहेका छन् ।

 

दुर्गा भवानी सामुदायिक वनमा लागेको डढेलोको आगो हावाको कारणले पालिकासम्म पुगेको हो । पालिका कार्यालयले हालसम्म क्षतिको यकिन विवरण सङ्कलन गर्न नसकेको जनाइएको छ ।