Ad Image

सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ, आइतबार अदालत लगिने

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745684778.jpeg

काठमाडौं । सहकारी ठगीमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति पक्राउ गरेको हो ।

 

स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राईलाई कपनस्थित घरबाट पक्राउ गरिएको हो । उनलाई  भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको छ ।

 

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । भोजपुर स्थायी घर भएकी उनी कांग्रेसकी समानुपातिक सांसद हुन् ।