Ad Image

श्रीमानको किरिया बसेकी महिलाको मृत्यु

User Image Mayorsap | ३ हप्ता अगाडि
Image of storage/news/1745686487.jpg

दाङ । तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज मृत्यु भएको छ । तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमानको किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 

पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

 

श्रीमानको निधनको आज छैटौँ दिनमा उनको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध थिइन् । उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।