पोखराको फेवा तालमा केही व्यक्तिहरू अलपत्र

काठमाडौं । पोखराको फेवा तालमा केही व्यक्तिहरू अलपत्र परेका छन् । फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका हुन् ।
तालमा कति जना अलपत्र परेका छन् भन्ने बारे स्पष्ट नभएको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
अकस्मात् मौसम बिग्रिएपछि उनीहरु तालको बीचमा फसेको प्रहरीको भनाइ छ ।