Ad Image

साधारण सभामा पूर्व अध्यक्ष थापालाई प्रवेश नदिँदा धुलिखेलमा प्रदर्शन

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1746770685.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभामा सहभागी हुन पुगेका पूर्व अध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि धुलिखेलमा प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको छ ।

 

फिफाबाट १० वर्षे प्रतिबन्ध हटेपछि पहिलोपटक एन्फा कार्यक्रममा सहभागी हुन लागेका थापालाई एन्फा पदाधिकारीले प्रवेश नदिएको आरोप छ । उनका छोरा अभिषेक थापाका अनुसार अदालतको आदेश देखाउँदा पनि थापालाई प्रवेश दिन इन्कार गरिएको हो ।

 

थापा आफ्ना समर्थकसहित सभास्थल बाहिर बसिरहेका छन् । घटनापछि धुलिखेलको वातावरण तनाबपूर्ण बनेको प्रहरीले जनाएको छ।