Ad Image

डिलासैनी गाउँपालिकामा १० शय्याको अस्पतालका लागि स्वास्थ्यकर्मी माग

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747207394.jpg

बैतडी । डिलासैनी गाउँपालिका बैतडीले प्रस्तावित १० शय्याको अस्पतालमा कार्य गर्नका लागि आवश्यक प्राविधिक स्वास्थ्य कर्मचारी करार सेवाबाट नियुक्त गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

 

गाउँपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख भएअनुसार खुला प्रतिस्पर्धा मार्फत पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरिएको हो ।

 

सहायक पाँचौँ तहको ल्याब टेक्निसियनका लागि एक जना कर्मचारी न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब टेक्निसियन कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।