Ad Image

गंगादेव गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747212512.jpg

रोल्पा । गंगादेव गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ३० वर्षमाथिका महिलाहरू र पुरुषहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

 

गाउँपालिकाले दिएको जानकारी अनुसार महिलाहरूका लागि स्तन क्यान्सर, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, अब्टेट्रिक फिस्टुला र बाझोपनको जाँच गरिनेछ ।

 

त्यस्तै, ३० वर्षभन्दा माथिका पुरुष तथा महिलाहरूका लागि सुगर, उच्च रक्तचाप (प्रेसर) र पिसाबबाट मिर्गौलाको अवस्था जाँच गरिनेछ ।

 

शिविर गंगादेव गाउँपालिका–४ स्थित पाखापानी स्वास्थ्य चौकी र वडा नं. ७ स्थित राँक स्वास्थ्य चौकीमा तोकिएको मिति, समय र स्थानअनुसार सञ्चालन हुने भएको छ ।

 

गाउँपालिकाले उक्त शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराइ लाभ उठाउन सम्पूर्ण स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।