Ad Image

तुर्माखाँदमा विद्यालयमा पुस्तकालय प्रयोगशाला कार्यक्रम सञ्चालन हुने

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747213424.jpg

अछाम । तुर्माखाँद गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१\०८२ का लागि स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विद्यालय पुस्तकालय तथा ICT व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न प्रस्ताव माग गरेको छ ।

 

गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार विद्यालयमा पुस्तकालय र ICT प्रणाली स्थापना गर्न आवश्यक प्रस्ताव माग गरिएको हो । कार्यक्रमका लागि प्रति इकाई ६ लाख ५० हजार रुपैयाँको लागत अनुमान गरिएको छ ।

 

यस कार्यक्रम अन्तर्गत विद्यालयमा किताब तथा ई–पुस्तकालयसमेत उपलब्ध गराइनेछ । कार्यक्रममा सहभागिता जनाउन इच्छुक विद्यालयहरूले आवश्यक कागजातसहित जेठ ६ भित्र प्रस्ताव पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।