Ad Image

जोशीपुर गाउँपालिकामा कर्मचारीको तालाबन्दी, सेवा प्रवाह प्रभावित

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747222659.jpg

जोशीपुर । जोशीपुर गाउँपालिका कार्यालयका विभिन्न शाखाहरूमा स्थानीय तह कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेपछि सेवा प्रवाह प्रभावित भएको छ ।

 

सुदूरपश्चिम प्रदेश सरकारसँग स्थानीय ऐन यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै संघर्ष समितिले आज मिति २०८२ साल वैशाख ३१ गतेदेखि तालाबन्दी सुरु गरेको हो ।

 

तालाबन्दीका कारण गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, आर्थिक प्रशासन शाखा, पूर्वाधार विकास शाखा, शिक्षा, युवा तथा खेलकुद शाखालगायतका महत्त्वपूर्ण शाखाहरू प्रभावित भएका छन् ।

 

गाउँपालिकाले एक सूचना जारी गर्दै अवस्था सहज नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाह असहज भएको जनाएको छ । गाउँपालिका कार्यालयले आम नागरिक, सेवा लिने उपभोक्ता तथा सरोकारवालाहरूलाई असुविधा भएकामा ध्यानाकर्षण गराउँदै परिस्थिति सामान्य हुनासाथ सेवा नियमित गर्ने जनाएको छ ।

 

संघर्ष समितिले केन्द्र र प्रदेश सरकारसँग आफ्ना मागमा गम्भीर ध्यान दिन आग्रह गर्दै, ऐन कानून स्पष्ट नहुँदा स्थानीय तहमा कार्यरत कर्मचारीहरू अन्योलमा परेको जनाएका छन् ।