Ad Image

सार्वजनिक आयोजनामा स्थानीय श्रमिकलाई प्राथमिकता दिन धुनिवेशीको अनुरोध

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747226168.PNG

धादिङ । सार्वजनिक विकास निर्माण कार्यमा स्थानीय श्रमिकलाई रोजगारी सुनिश्चित गर्न धुनिवेशी नगरपालिकाले सम्बन्धित निकायहरूलाई रोजगार सेवा केन्द्रसँग समन्वय गर्न आग्रह गरेको छ ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा २० अनुसार ठेक्का प्रक्रियाबाट सञ्चालन हुने विकास निर्माण आयोजनाहरूमा आवश्यक पर्ने श्रमिकहरू स्थानीय तह अन्तर्गतका रोजगार सेवा केन्द्रमा सूचिकृत स्वरोजगार व्यक्तिहरूमध्येबाट माग गरिने व्यवस्था छ ।

 

त्यसै अनुसार धुनिवेशी नगरपालिकाले नगरभित्र सञ्चालन हुने सार्वजनिक आयोजना तथा विकास निर्माण कार्यहरूमा संलग्न निर्माण व्यवसायी, निर्माण कम्पनी तथा सरोकारवाला पक्षहरूलाई नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क र समन्वय गरी स्थानीय श्रमिकलाई न्यूनतम रोजगारी प्रदान गर्न सहयोग गर्न अनुरोध गरेको हो ।