Ad Image

मुस्ताङको ठिनी खोलामा मोटरेबल पुल निर्माण तीव्र

User Image Mayorsap | १ हप्ता अगाडि
Image of storage/news/1747283804.jpg

मुस्ताङ । जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङ रोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको  छ ।

 

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु ४ करोड ४६ लाखमा  बहु वर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो । 

 

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र  दुवैतर्फ दुई दशमलव चार मिटर पैदल मार्गसहित आठ दशमलव चार मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ । 

 

यसैबीच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १० दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ ।