सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?


काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा एकै दिन भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन सोही सुन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँमा रहेको चाँदी बिहीबार ३५ रुपैयाँले घटेर १ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ ।