वार्ता प्रस्ताव पुटिनको: सहभागिता अर्कैको, जेलेन्स्की अन्योलमा


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरे पनि आफै त्यसमा सहभागी नहुने भएका छन् ।
क्रेमलिनका अनुसार पुटिनको साटो वार्ता टोलीको नेतृत्व उनका नजिकका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्नेछन् । जेलेन्स्कीले भने पुटिन आफै उपस्थित नभए वार्ता अर्थहीन हुने बताएका छन् ।
वार्तामा युद्ध विराम र दिगो शान्ति स्थापनाका विषयमा छलफल हुने भनिएको थियो। पुटिनको अनुपस्थितिले वार्ता नै अनिश्चित बनेको भन्दै सिएनएन लगायत अन्तर्राष्ट्रिय मिडियाहरूले शान्तिप्रति पुटिनको संलग्नता प्रश्न उठाएका छन् ।
यसबीच, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता सफल बनाउन दबाब दिँदै जेलेन्स्कीलाई पुटिनको प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए ।