Ad Image

सांसद थिङको प्रश्न– राज्यले कर उठाउन अविवाहित मात्रै भेटेको हो?

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747291049.PNG

काठमाडौं । नेपालमा अविवाहित व्यक्तिहरूमाथि विवाहितको तुलनामा बढी आयकर लाग्ने व्यवस्थाप्रति प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

 

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अविवाहितमाथि करका नाममा राज्यले विभेद गर्दै आएको आरोप लगाइन् । उनका अनुसार, आमाबाबुको मृत्युपछि अविवाहित व्यक्तिको कानुनी रूपमा परिवार नै नरहने अवस्था आउन सक्छ, तर राज्यले त्यस बेला पनि कर छुट दिनुको साटो उल्टै ‘गिद्धे नजर’ लगाएको छ ।

 

उनले असन्तुष्टि व्यक्त गर्दै राज्यले कर उठाउन अविवाहित मात्रै भेटेको हो? भन्ने प्रश्न समेत गरिन् । राज्यलाई विभेद गर्न लाज लाग्दैन भने अविवाहितले आफ्नो सम्पूर्ण कमाइ राज्यलाई बुझाउन तयार रहेको उनले बताइन् ।

 

सांसद थिङले यस्तो कर संरचनामा पुनरावलोकन गरी न्यायपूर्ण कर प्रणाली लागू गर्नुपर्ने माग राखेकी छन् ।