Ad Image

कीर्ते कागजात बनाउने ३ जना पक्राउ

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747300554.jpg

काठमाडौं । विभिन्न नक्कली कागजात तयार पार्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा गोर्खाकी ४६ वर्षीया अन्जनी बयलकोटी, ओखलढुङ्गाका २८ वर्षीय निर्मल खड्का र मकवानपुरकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।

 

उनीहरूलाई तारकेश्वर नगरपालिका–७, फुटुङबाट कीर्ते कागजात र उपकरणसहित पक्राउ गरिएको हो । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ ।

 

प्रहरीका अनुसार बयलकोटीले आठ वर्षदेखि सिफारिस पत्र, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, जग्गाधनी पुर्जा लगायत कागजात कीर्ते गरी नक्कली बनाउने कार्य गर्दै आएकी थिइन् ।

 

उनले मासिक १०–१५ हजार रुपैयाँ तलबमा दुई सहयोगीसहित कार्यालय सञ्चालन गरिरहेकी थिइन् ।