बागलुङमा महिलालाई निःशुल्क सीप विकास तालिम सञ्चालन हुँदै


काठमाडौं । बागलुङ नगरपालिकाले महिलाहरूका लागि १५ दिने फोटो तथा भिडिओ ग्राफि तालिम सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष ०८१\८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन हुने भएको हो ।
नगरपालिकाले जारी गरेको सूचना अनुसार नगर क्षेत्रभित्र स्थायी बसोबास भएका ४० वर्ष ननाघेका इच्छुक महिलाहरूले ७ दिन भित्र नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखामा आवेदन दिन आग्रह गरिएको छ ।
साथै हिंसा प्रभावित महिला, द्वन्द्व प्रभावित महिला, एकल महिला, अपागंता भएका महिला र अति विपन्न महिलाहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।