Ad Image

६ विकेटले बहराइनमाथि नेपालको शानदार जित

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747306139.jpg

काठमाडौं । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा बहराइनमाथि शानदार जित निकालेको छ ।

 

तेरथाइ क्रिकेट मैदानमा आयोजित खेलमा नेपालले डकवर्थ–लुइस (DLS) पद्धतिअनुसार निर्धारित ७ ओभरमा ५६ रनको लक्ष्य ८ बल बाँकी छँदै पुरा गर्दै ६ विकेटको जित दर्ता गर्‍यो ।

 

नेपालकी कप्तान इन्दु बर्मा आक्रामक शैलीमा अविजित ७ बलमा २४ रन बनाएर चम्किएकी थिइन् भने पूजाले ११ बलमा १४ रनको योगदान दिइन् ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ३ विकेट गुमाउँदै ७६ रन बनाएको थियो। तर वर्षा बाधक बनेपछि खेल लामो समय रोकियो । डिएलएस विधिअनुसार नेपाललाई ७ ओभरमा ५६ रनको लक्ष्य दिइएको थियो

 

यो जितसँगै नेपालले एसिया छनोटमा आफ्नो चौथो खेलमा तेस्रो जित निकालेको हो ।