Ad Image

उमागौरी सहकारी प्रकरणमा सक्कल मिसिल झिकाउने आदेश

User Image Mayorsap | ६ दिन अगाडि
Image of storage/news/1747307799.jpg

विराटनगर । मोरङको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन प्रकरणमा उच्च अदालत विराटनगरले सक्कल मिसिल झिकाउने आदेश दिएको छ । बिहीबार कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले उक्त आदेश दिएको हो ।

 

उक्त प्रकरणमा संघीय संसद्को लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले धरौटीमा छाडेको थियो भने सहकारी अध्यक्ष सहित दुई जनालाई थुनामा पठाइएको थियो ।

 

यसअघि उच्च अदालतमा सुनुवाइका क्रममा न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाबीच राय नमिल्दा नयाँ बेन्च गठन गरिएको थियो ।

 

न्यायाधीश पुडासैनीले जिल्लाको आदेश सदर गर्नुपर्ने भनेकी थिइन् भने बास्तोलाले धरौटी रकम बढाएर १ करोड पुर्‍याउनुपर्ने राय दिएका थिए ।